” दक्षिण एसियाका लागि जर्मन मानवीय पहल” (साथी) नामक हाम्रो मुनाफा रहित गैह्र -सरकारी  संस्था हामी दक्षिण एसियाबाट आइ जर्मनी मा बसोबास गर्ने मानिसहरूले २८  अक्टोबर २०११  मा  स्थापना गरेका हौँ।

हामी हरु दक्षिण एसियाबाट आइ जर्मनी मा बसोबास गर्ने मानिसहरू लाई आइ पर्ने विभिन्न किसिमका समास्या समाधान का लागि उपाय बताउनुका साथै मार्गदर्शन गर्दछौं। हामी मुद्दाहरू स्वास्थ्य, सामाजिक, राजनीतिक र सांस्कृतिक र शैक्षिक अवसर मा आवश्यक सहयोग, जानकारी, परामर्श प्रदान।

हामी हरुउनीहरुलाई  स्वास्थ्य, सामाजिक, राजनीतिक,सांस्कृतिक र शैक्षिक अवसरका  सम्बन्धमा आवश्यक जानकारी, परामर्श  र सहयोग प्रदान गर्दछौँ  ।
जर्मनी मा करिव १९० राष्ट्रका मानिस हरु बस्दछन। बर्लिनका  बारेमा कुरा गर्दा याहा करिव २० ,००० मानिस हरु  दक्षिण र पुर्बी  दक्षिण एशियाली राष्ट्र जस्तै बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स, भारत, नेपाल, श्रीलंका,  अफगानिस्तान, चिन , कोरिया तथा  भिएतनाम लगाएत का देश बाट आएका मानिस हरु बस्दछन।

जस मद्धे अधिकांश आप्रवासी हरु बृधउमेरमा वा जीवनको अन्तिम घडीमा  आफ्नो मातृभूमि फर्कन चाहदैनन्।
नौलो परिवेश वा बानी, धार्मिक विविधता  जिन्दगी लाई हेर्ने दृस्टीकोण र विभिन्न प्रकार का रोगहरु ले दिने पीडाहरुले दैनिक जीवनमा गलत अर्थ दिन सक्छन। यस्तो अवस्थामा  त्यस्ता   मानिसहरुलाई संवेदनशील साथ र समर्थन आवश्यक छ।

हाम्रो  संगठन “साथी” को उद्धेश्य यस्ता फरक संस्कृति र संस्कार का व्यक्ति हरु र उनीहरुको परिवारको सांस्कृतिक-संवेदनशील ताका साथ साथ दिनु हो।

 

 

हाम्रोसेवाहरू:

साथ: विभिन्न संस्थाहरू, सरकारी कार्यालय तथा  चिकित्सा सम्बन्ध मा केहि परेमा साथ जाने वा बाटो देखाउने

सहायता/ सहयोग: चिठी पत्र तथा कागजी कार्यमा सहायता र सहयोग पुराउने

शिक्षा/ प्रशिक्षण: सैक्षिक तथा प्रशिक्षण सम्बन्धि मा सूचना दिने वा सहयोग गर्ने

स्वास्थ्य: जर्मनीमा बेबस्था भए अनुसारको  स्वास्थ्य र बीमा प्रणाली मा सल्लाह सुझाव दिने।

हामी याँहाहरुलाई निःशुल्क सेवा प्रदान गर्दछौं। तर, हाम्रो संस्थालाई कुनै पनि  सरकारी निकाय बाट आर्थिक सहयोग छैन। हाम्रा काम कारबाहीहरु तथा कार्यालय कोठा तथा सामग्री समेत सदस्यता सुल्क तथा दान दातब्यबाट चलाउन बाध्यछौं।

तसर्थ : याहाँहरु ले हाम्रा कार्यहरुलाई दान दातब्यको माध्यमबाट  सहयोग गर्न सक्नु हुने छ।