1.  सक्रिय सदस्यता: कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएको प्राकृतिक तथा कानुनी व्यक्तिले यो संस्थाको सदस्यता प्राप्त गर्न  चाहनुहुन्छ भने, यस संस्था को सदस्यता प्राप्त गर्न तोकियको प्रक्रिया पूरा गरि प्राप्त गर्न सक्नुहुन्छ । यसरी प्राप्त गरेको सदस्य संस्था वा व्यक्ति ले साधारण सभाले तोकेको वार्षिक सदस्यता शुल्क तिर्नु पर्नेछ। त्यस्तो  सदस्य, सक्रिय सदस्य हुनेछ र मतदान मा सरिक हुने अधिकार प्राप्त गर्ने छ।

2. मानार्थ सदस्यता: हाम्रो संस्थालाई विशेष योगदान पुराउने कुनै पनि सामाजिक संस्था तथा व्यक्तिहरूलाई यस संगठन को मानार्थ सदस्यता प्रदान गर्न सकिने छ। यस्तो सदस्यलाई संस्थाका सबै कार्यक्रमा सरिक हुने अवसर प्राप्त हुनेछ तर यस्ता सदस्यहरुलाई मतदान गर्ने अधिकार हुनेछैन।

यदि तपाईँ हाम्रो संस्थाको सदस्य हुन चाहनुहुन्छ भने, हामीलाई हाम्रो सम्पर्क फारम वा टेलिफोन या फोन मार्फत सन्देश पठाउनु  होस्।